सरकार परिवर्तनबारे ओलीले देउवालाई सोधे : के हो हल्ला ? देउवाको जवाफ-के हो, के हो !


२०८२ बैशाख १३ शुक्रबार २०:३४ बजे
फाइल फोटो

काठमाडौं । थाइल्याण्ड भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार परिवर्तन गर्न खोजेको चर्चापछि प्रधानमन्त्री केपी शर्मा ओली र देउवाबीच फोनवार्ता भएको छ । 

देउवाकी पत्नी समेत रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणाले थाइल्याण्डबाट फर्किने क्रममा गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएकी हुन् । यूएनस्क्यापको सम्मेलनमा अध्यक्ष राष्ट्रको हैसियतमा आरजुको भ्रमणमा देउवा संलग्न भएपछि उनको स्वास्थ्य उपचारको वहानामा ‘राजनीतिक उपचार’ को खोजी भएको चर्चा भएको थियो । 

‘अलिकति क्वायर्ड भएपछि अलिअलि इन्टरटेनमेन्टका लागि पनि यस्तो न्युज आउँछ । तर, सरकार परिवर्तन गर्ने त नेपालभित्रै बसेर गर्ने होला, विदेशमा बसेर त यहाँको सरकार परिवर्तन हुँदैन’, परराष्ट्रमन्त्री राणाले भनिन्, ‘यसबारे हिजो (बिहीबार) बेलुका सभापति र प्रधानमन्त्री ज्युको कुराकानी भएको छ । यस्तो केही पनि छैन ।’ ओलीले के हो भन्दै प्रश्न गरेपछि आफूहरू छक्क परेको आरजुले बताइन् । देउवा र ओलीको कुराकानीबारे उनले भनिन्, ‘उहाँले (देउवा) ले के हो के हो भन्नुभयो ।’

थाइल्याण्डमा कुनै पनि दुई पक्षीय भेटघाट नभएको बताउँदै उनले सभापति देउवाको व्यक्तिगत भ्रमण तथा उपचारका लागि गएका र आफू कार्यक्रमका लागि त्यहाँ गएको बताइन् ।  त्यसअघि बिमस्टेक बैठकमा गएका बेला दुई पक्षीय भेटघाट भएको तर यो भ्रमणमा केही पनि नभएको उनले बताइन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७