शिक्षामन्त्री पन्तले आन्दोलनरत शिक्षकलाई बोलाए वार्तामा


२०८२ बैशाख १३ शुक्रबार २०:२४ बजे

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा बोलाएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै पन्तले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउनका लागि आग्रह गरेका हुन् ।  बिहीबार शपथ ग्रहण गरेसँगै मन्त्री पन्तले शुक्रबार विज्ञप्तिमार्फत आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि आह्वान गरेका हुन् ।

 

‘शिक्षकहरूसँग विगतमाझै निरन्तर संवाद तथा छलफल गरी सामहिक रूपमा समाधानका उपाय खोज्न वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई मन्त्रालयको तर्फबाट यथाशीघ्र वार्ता र संवादका लागि अनुरोध गर्दछु,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘विधेयक संसद्मा पेश हुने, छलफल हुने र स्वीकृत हुने निश्चित विधायकी एवं कानूनी बन्दोबस्त रहेका छन् र सबैलाई यसको जानकारी पनि छँदैछ ।’

शिक्षक प्रतिनिधिहरूसँगको छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकाले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भन्ने शिक्षक तथा कर्मचारीको चासो र अपेक्षा रहनु स्वभाविक रहेको विज्ञप्तिमा भनिएको छ ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७