ज्वाइँले गरे जेठी सासुको हत्या


२०८२ बैशाख १४ शनिबार १४:५१ बजे

इलाम । इलामको माई नगरपालिकामा ज्वाइँले जेठी सासुको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार माई नगरपालिका–४ का ४२ वर्षीय शान्तिराम दुलालले सोही स्थानकी ५२ वर्षीया भूमिका चापागाई धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

हिजो बेलुका दुलालले चापागाईको टाउकोमा हतियार प्रहार गरी घाइते बनाएका थिए । घाइते चापागाईलाई उपचारका लागि झापाको बिर्तामोड स्थित वि एन्ड सी अस्पताल लगिएको थियो । उपचारकै क्रममा चापागाईको गए राति मृत्यु भएको इलाम प्रहरीले जनाएको छ । हत्यामा संलग्न दुलाललाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७