सरकार–शिक्षक वार्ता सकियो, के भयो सहमति ? 


२०८२ बैशाख १४ शनिबार १४:४० बजे

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरूको जारी वार्ता सकिएको छ । आज (शनिबार) सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकार र शिक्षक महासंघका प्रतिनिधिबीचको वार्ता सकिएको हो । वार्ता बिना निष्कर्ष टुङ्गिएको छ ।

छलफललाई निरन्तरता दिएर समाधान निकालिने शिक्षा मन्त्रालयले जनाएको छ भने आन्दोलनरत शिक्षकले आजको वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएको छ । माग पुरा नभएसम्म आश्वासनमा मात्र आन्दोलन नरोकिने शिक्षक महासंघको अडान छ । वार्ता सकारात्मक भए पनि आन्दोलन भने जारी राख्ने महासंघले जनाएको छ ।

शिक्षा मन्त्रालयमा भएको वार्तामा शिक्षा सचिव दीपक काफ्ले, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलनकी संयोजक नानुमाया पराजुली र महासचिव तुलाबहादुर थापा सहभागी थिए । शिक्षकहरूको आन्दोलन रउनीहरूका माग सम्बोधनका लागि छलफल केन्द्रीत रहेको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूलाई लचिलो भएर वार्तामा आउन आह्वान गरेसँगै शुक्रबार साँझ नै शिक्षकका केही प्रतिनिधिहरू सिंहदरबार पुगेका थिए । तर सरकारले बनाएको वार्ता टोलीप्रति असहमति जनाउँदै गेटबाटै बाहिरिएका थिए ।

आज भने बिहानैदेखि मन्त्रालयमा शिक्षक महासंघका प्रतिनिधिहरू पुगेका थिए । शिक्षामन्त्री पन्तको उपस्थितिमा मन्त्रालयमै वार्ता सुरू भएको थियो । गत वर्षको चैत्र २५ गतेदेखि विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनीहरूले सरकारले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म विद्यालय आन्दोलन नरोक्ने चेतावनी समेत दिएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७