एमसीसी रोकिने संकेत गर्दै प्रधानमन्त्रीले भने–मुलुक बनाउन अरूको आश गर्नु हुँदैन


२०८२ बैशाख १४ शनिबार ०२:१२ बजे

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक बनाउन अरूको आश गर्न नहुने बताएका छन् । एमालेको संसदीय दलको बैठकमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

अमेरिकी सरकारसँग भएको सम्झौता र दुवै देशका संसदबाट पारित भएको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अमेरिकी पक्षबाट बन्द हुन लागेको संकेत गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताए हुन् ।  नेपालले आफ्नो विकास अरूको आसमा नभई आफैले गर्नतिर लाग्नुपर्ने उनको भनाई थियो ।

‘हामी त्यति सजिलो अवस्थामा छैनौं, विश्व व्यवस्था जुन भनिन्थ्यो, त्यो धेरै खलबलिएको छ,’ ओलीले भने, ‘एमसीसी अझै चार वटा देशमा रोकिएको छैन, हाम्रोमा पनि आउँछ कि भन्ने कतिपयको कुरा छ । त्यसो नहुन सक्छ । हाम्रोमा नआउन सक्छ । कहीँ पनि नजान सक्छ एमसीसी अब । अब एमसीसी आएन भने के गर्ने त ? हामी के गर्छौं त ? त्यसमा सहने बाहेक अरु के उपाय छ त ? सहन्छौं ।’

उनले राष्ट्रहरुसँग गरिएको सम्झौता देशभन्दा पनि माथि हुने भन्दै त्यसरी रोक्ने अमेरिकी तरिका ठिक नभएको समेत टिप्पणी गरेका छन् । ‘यो ठिक तरिका होइन, राष्ट्रहरुसँग गरिएका सम्झौता आफ्नो देशभन्दा माथि हुन्छ,’ ओलीले भने, ‘तर, अमेरिकाको संसद् सिनेटले पनि पास गरेको । हाम्रो संसदमा पनि उहाँहरुकै आग्रहमा पास गराइएको । त्यस्तो प्राजेक्ट जसमा प्रसारण लाइनका लागि हामीले जग्गा मुआब्जा दिएका छौं। चर्कै मुआब्जा दिएका छौं । त्यो नबन्ने हो भने त्यो के गर्ने ?’

उनले थपे, ‘नेपालमा पनि एमसीसी परियोजना कार्यान्वयनको चरणमा गइरहेकाले ५० अर्बको अमेरिकी डलर रकमको एमसीसी परियोजनाको सम्झौता संसदबाट पारित भईसकेको छ ।’ यो परियोजनामा ४ सय केभीको प्रसारण लाइन निर्माण, सडक स्तरोन्नतिका आयोजना छन् । यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जनवरी २० मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशसँगै आयोजनाको काम रोकिएको थियो । यही अप्रिल २० मा ९० दिनको स्थगन समय सकिएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७