पौडेल र लेखकलाई दायाँबायाँ राखेर ओली-देउवाबीच दुई घन्टा वार्ता

भेटवार्ता अर्थमन्त्री पौडेलको प्रतिक्रिया : सरकारको परिवर्तनको हल्लामा कुनै सत्यता छैन


२०८२ बैशाख १५ आइतबार ०९:०४ बजे

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच शनिबार राति भेटर्वार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आफ्ना दुई विश्वास पात्रहरु उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकलाई दायाँबायाँ करिब दुई घन्टा भेटर्वार्ता गरेका हुन् । 

सरकार परिवर्तनको हल्ला चलिरहेको बेला साढे ७ बजेदेखि साढे ९ बजेसम्म छलफल भएको हो । शनिबार बेलुका बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए।

प्रधानमन्त्री ओली र सभापति देउवाविच हिजोबाट सुरू भएको संसदको बजेट अधिवेशन, आन्दोलनरत शिक्षकका माग सम्बोधन, कक्षा १२ को परीक्षा, बजेट निर्माण, गभर्नर नियुक्ति लगायतका विषयमा छलफल भएको थियो ।

सभापति देउवा थाइल्यान्डको भ्रमण सकेर शुक्रबार काठमाडौँ आइपुगेका थिए । शुक्रबार थाइल्यान्डबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 

देउवाले सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताएका थिए । बाहिर भएका सरकारको परिवर्तनको हल्लामा कुनै सत्यता छैन नभएको अर्थमन्त्री पौडेलको भनाई ।  
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७