प्रधानन्यायाधीश राउत बेलायत जाँदै


२०८२ बैशाख १५ आइतबार १६:५२ बजे

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत आज (आइतबार) बेलायत जाँदैछन् । १० दिने भ्रमणका लागि राउत आज प्रस्थान गर्दैछन् । उनी नेतृत्वको टोलीमा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल, उच्च अदालतका न्यायाधीशद्वय रितेन्द्र थापा र हेमन्त रावल हुनेछन् । यस्तै सर्वोच्चका रजिस्ट्रार विमल पौडेल पनि भ्रमण टोलीमा रहने जनाइएको छ ।

यसअघि वैशाख ११ गते नै प्रधानन्यायाधीश राउत विदेश भ्रमणमा निस्कन लागेका थिए । पहिला टर्की जाने र त्यसपछि बेलायतको भ्रमण गर्ने उनको तालिका थियो । तर टर्कीको भ्रमण अन्तिम समयमा रद्द भएको थियो । टर्कीमा भूकम्प गएका कारण उनको भ्रमण रद्द भएको भनिए पनि सर्वोच्चले आधिकारिक जानकारी भने केही सार्वजनिक गरेको छैन ।

यसपालि भने प्रधानन्यायाधीश राउत टर्कीको स्तानबुलमा ट्रान्जिट मात्र गर्नेछन् । त्यहाँको विमानस्थलबाट सिधै लण्डन प्रस्थान गर्नेछन् । स्तानबुलमा कुनै औपचारिक कार्यक्रम नरहेको सर्वोच्चका एक अधिकारीले जानकारी दिए । राउत नेतृत्वको टोली वैशाख २३ गते स्वदेश फर्किने कार्यक्रम छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७