टेम्पोमा भेटिइन् पूर्वमन्त्री भट्टराई


२०८२ बैशाख १५ आइतबार ०२:३३ बजे

काठमाडौं । अहिले सामाजिक सञ्जालमा पूर्व शिक्षामन्त्री विद्या भट्टराईको तस्वीर भाइरल भइरहेको छ । जसमा उनी सफा टेम्पो चढेर यात्रा गरिरहेकी छिन् । केही दिनअघिसम्म मन्त्री रहेकी भट्टराई टेम्पोमा यात्रा गरिरहेको तस्वीर सार्वजनिक भएपछि उनको प्रशंसा चुलिएको हो । मन्त्रीबाट राजीनामा दिएकै दिन उनले आफ्नो सरकारी निवास र सरकारी सवारी परित्याग गरेकी थिइन् ।

उनको तस्वीर एमालेकै अर्का सांसद तारा लामा तामाङले सार्वजनिक गरेका हुन् । उनले उक्त तस्वीर तीन दिन अगाडि खिचेको तर आज सार्वजनिक गरेको बताएकी छिन् । उनले भने, ‘उहाँको सादगीपन मन परेर मैले नै खिचेको हुँ । उहाँले अन्यथा मान्नुहोला कि भनेर दुई दिन सार्वजनिक गरिनँ । अनुमति लिएर आज राखेको हुँ।’ लामाका अनुसार जारी संसद अधिवेशनको पहिलो दिनको बैठक सकिएपछि उनी डेरा फर्किनको लागि संसद भवनको ३ नम्बर गेटमा पठाओ कुरिरहेका थिए ।

त्यही क्रममा निवर्तमान मन्त्री भट्टराई पनि संसद बैठकपछि निवास फर्किने क्रममा टेम्पु चढ्दै गरेको उनले देखे । त्यसपछि उनले मोबाइलबाट केही तस्बिरहरु खिचेका थिए । मन्त्री हुनु अगाडिसम्म पनि भट्टराई सार्वजनिक सवारीसाधनमै यात्रा गर्थिन् । मन्त्रीबाट राजीनामा दिएकै दिन उनले आफ्नो सरकारी निवास र सरकारी सवारी परित्याग गरेकी थिइन् । भट्टराई नेकपा एमालेका लोकप्रिय नेता स्व. रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७