झरीमा रुझ्दै आज पनि आवासीय चिकित्सकको प्रदर्शन


२०८२ बैशाख १५ आइतबार ०२:५७ बजे

काठमाडौं । आठौं तह बराबरको निर्वाह भत्ता माग राखेर आन्दोलित आवासीय चिकित्सकहरुले आज (आइतबार) पनि झरीमा रुझ्दै सडकमा प्रदर्शन गरेका छन् । चैत्र २१ गतेदेखि सेवा बहिष्कार गर्दै आन्दोलन सुरु गरेका आवासीय चिकित्सले आइतबार माइतिघर मण्डलाबाट  र्‍याली निकाले । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा. शेषराज घिमिरेले सरकारले गरेको निर्णय कार्यान्वयन नगरेसम्म आन्दोलन जारी राख्ने बताए । ‘माग पुरा नभएसम्म हाम्रो आन्दोलन टुगिंदैन,’ उनले भने, ‘आज पानीमा रुझ्दै  र्‍याली निकाल्यौँ ।’

देशभरिका निजी मेडिकल कलेज, सरकारी प्रतिष्ठानका आवासीय चिकित्सक, वरिष्ठ चिकित्सक र नेपाल चिकित्सक संघका पदाधिकारी  र्‍यालीमा सहभागी भएका थिए । नेपाल चिकित्सक संघको आह्वानमा गत शुक्रबारदेखि देशभरका चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् । संघले शुक्रबार प्रेस विज्ञेप्ति जारी गर्दै सेवा बहिष्कार गर्न आग्रह गरेको थियो ।

चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले माघ २५ गते नै आवासीय चिकित्सकहरुलाई आठौँ तह (४८ हजार रुपैयाँ) बराबरको निर्वाह भत्ता दिन निर्देशन दिएको थियो । दुुई महिनासम्म पनि निर्णय लागू नभएको भन्दै आवासीय चिकित्सकहरुले सेवा बहिष्कार गरेर आन्दोलन सुरु गरेका छन् । उनीहरुले प्रत्येक दिन माइतीघर मण्डलामा प्रर्दशन गर्दै आएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७