प्रहरीसँगको झडपमा कति शिक्षक घाइते ? 


२०८२ बैशाख १५ आइतबार ०१:५७ बजे

काठमाडौं । आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमा झडप हुँदा ६२ शिक्षक घाइते भएको शिक्षक महासंघले जनाएको छ। शिक्षकहरूले बिजुलीबजार–नयाँ बानेश्वर सडकमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको थियो ।

प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए भने भीड तितरबितर पार्न प्रहरीले पानीका फोहोरा प्रयोग गरेको थियो। झडपका क्रममा ६२ शिक्षक घाइते भएको नेपाल शिक्षक महासंघले दाबी गरेको छ । उनीहरूको सिभिल अस्पताल, एभरेस्ट अस्पताल तथा ट्रमा सेन्टरमा उपचार भइरहेको महासंघले जनाएको छ। चैत २० गतेदेखि आन्दोलनरत शिक्षकहरूले आज २६ औं दिन पनि काठमाडौं केन्द्रित प्रदर्शन जारी राखेका हुन् ।

शिक्षक महासंघका प्रतिनिधिसँग हिजो शनिबार भएको वार्तामा पेशागत मागका बारेमा सकारात्मक भएको र सहमति भएका विषय मन्त्रिपरिषद्बाट पारित गर्ने प्रतिबद्धता शिक्षामन्त्रीले जनाएका थिए। तर, शिक्षकहरूले भने आफूहरू मन्त्रिपरिषद्को निर्णय नआउन्जेल आफूहरू आश्वस्त नभएको उल्लेख गर्दै आन्दोलन जारी राख्ने जनाएका हुन् । शिक्षकहरूको आन्दोनलका कारण कक्षा १२ को परीक्षा, भर्ना अभियान र विद्यालयको पठनपाठन समेत प्रभावित भएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७