शिक्षक आन्दोलनमा झडप : पत्रकार पनि घाइते, प्रहरीले बोकेरै अस्पताल पुर्‍याए


२०८२ बैशाख १५ आइतबार ०२:१९ बजे

काठमाडौं । काठमाडौंमा आइतबार दिउँसो शिक्षक र प्रहरीबीच झडप हुँदा पत्रकार पनि घाइते भएकी छन् । शिक्षकहरूले प्रहरी घेरा तोडेर निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको थियो। त्यसपछि प्रहरीले शिक्षकहरूलाई लक्ष्य गर्दै पानीका फोहरा पनि हानेको थियो ।

सो क्रममा बानेश्वर नजिकै आन्दोलन तथा झडपको रिपोर्टिङ गरिरहेकी एक जना पत्रकार घाइते भएकी छन् । प्राइम टाइम टेलिभिजनमा कार्यरत पत्रकार सबिना कार्की घाइते भएकी हुन् । प्रहरीले हानेको पानीको फोहराले कार्कीको आँखामा चोट लागेको छ । प्राइम टाइम टेलिभिजनका प्रमुख ऋषि धमलाले रिपोर्टिङका क्रममा संवाददाता कार्की घाइते भएको र उपचारका लागि तिलगंगा आँखा प्रतिष्ठानमा लगिएको जानकारी दिएका छन् । सुरुमा उनलाई बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो । त्यहाँबाट चिकित्सकले ट्रमा सेन्टर रिफर गरेको थियो । तर, उनको आँखामा चोट भएपछि तिलगंगा अस्पताल लगेर उपचार भइरहेको हो ।

लगत्तै सुरक्षामा खटिएका एक प्रहरी अधिकारीले उनलाई बोकेरै अस्पतालतर्फ लगेका थिए । प्रदर्शनस्थलबाट प्रहरीको गाडी भएको ठाउँसम्म कार्कीलाई प्रहरीले आफैं बोकेर लगेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । प्रहरी र शिक्षकहरू झडप दर्जन बढी शिक्षकहरू पनि घाइते छन् । घाइते शिक्षकहरूलाई ट्रमा सेन्टर र एभरेष्ट अस्पताल लगिएको प्रहरीले जनाएको छ। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलनमा छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७