शिक्षक महासंघका नेतृत्वविरुद्ध विद्यालय कर्मचारीको नाराबाजी


२१:३९ बजे

काठमाडौं । सरकार र शिक्षक महासंघबीच भएको सहमतिको विरोधमा नेपाल विद्यालय कर्मचारी परिषद्ले विरोध जनाउँदै आन्दोलन गर्ने चेतावनी दिएको छ। महासंघले बुधबार ९ बुँदे सहमति गरेको थियो । तर, त्यसमा आफूहरूको माग समावेश नभएकाले आन्दोलनको तयारीमा रहेको परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताएका छन् । अहिले महासंघको सबै संघ संगठनको समीक्षा बैठक बोलाइएको छ ।

सरकार र महासंघबीच बुधवार भएको सहमतिबारे जानकारी दिन काठमाडौँमा आयोजित कार्यक्रममा विद्यालय कर्मचारीहरुले असन्तुष्टि जनाउँदै महासंघ नेतृत्वमाथि नाराबाजी समेत गरे । त्यसअघि कर्मचारी परिषद्ले विज्ञप्ति नै निकालेर असन्तुष्टि जनाएको थियो। विद्यालय कर्मचारीहरुले आफूहरुको माग समावेश नगरेको भन्दै प्रश्न उठाएका थिए । आफूहरुको माग सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारीहरुले असन्तुष्टि जनाएको महासंघका सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिइन् ।

सहहध्यक्ष पराजुलीले सरकारसँगको ९ बुँदे सहमति सम्पूर्ण शिक्षक र विद्यालय कर्मचारीको उर्जाको प्रतिफल भएको दाबी गरिन्। त्यसैले ऐन जारी नभए अझ ठूलो आन्दोलन चर्काउने स्पष्ट पारिन्।
उनले आन्दोलन अझै पनि जारी रहेको र शिक्षक कर्मचारीको मागमा कुनै पनि हालतमा पछि नहट्ने प्रतिवद्धता व्यक्त गरिन् । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट छोटो समयमा पारित गर्ने र आफ्ना मागहरु सम्बोधन गर्ने विषयमा सहमति भएको उनको भनाई थियो । विद्यालय शिक्षा ऐन जारीलगायतका माग राखेर गत चैत २० गतेदेखि सडक आन्दोलन गरिरहेका शिक्षकहरुले बुधबार मात्र सरकारसँग ९ बुँदे सहमति गर्दै आन्दोलनका कार्यक्रम स्थगित गरेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७