ठूलो आन्दोलनमा जाँदैछौं, सरकारमा जाने रुचि छैन : प्रचण्ड


२१:२४ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै ठूलो आन्दोलन हुने बताएका छन् । बिहीबार १३६ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आन्दोलनका लागि तयार रहन आग्रह गरे । 

‘मजदुर साथीहरू, तपाईहरू राम्रो तयारीमा जानुस्, हामी छिट्टै हामी ठूलो आन्दोलनमा जानुपर्ने अवस्था छ’, उनले भने । उनले तमाम समस्याका समाधान गर्न पार्टी तयार रहेको बताए । ‘तपाईंहरू विचार गर्नुहोला, समय छिट्टै नै आउँदै छ– एउटा नयाँ आन्दोलन, अभियान, क्रान्तिको । त्यसको नेतृत्व गर्न पार्टी तयार छ’, उनले भने । 

प्रचण्डले सरकारमा जाने रुचि समेत नरहेको जिकिर गरे । ‘हामी अब फेरि एकचोटी यथास्थितिवादीसँग मिलेर सरकारमा जाने कुनै रुचि छैन । हामी हाम्रो जनतासँगै ठिक छौँ, वर्गसँगै ठिक छौँ । तपाईंहरू कन्फ्युजनमा नपर्नु होला’, उनले भने । सरकारले सुशासनविरुद्ध भ्रष्टाचारको पक्षमा काम गरिरहेको प्रचण्डको आरोप छ । उनले सिंगै राजनीतिक परिवर्तन उल्ट्याउन खोजिएको बताए । उनले कस्तो खालको क्रान्ति गर्ने समय आएको भन्ने चाहिँ व्याख्या गरेनन् । प्रचण्डले हालै सकिएको हुलाकी राजमार्गकेन्द्रित अभियानको चर्चा गर्दै पार्टीमा यसले निकै उत्साह थपिएको उल्लेख गरे । अभियानका क्रममा आफूहरु एक करोड जनताकाबीचमा गएको दाबी समेत प्रचण्डले गरे ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७