गणतन्त्र भ्रष्ट जन्माउने कारखाना : कमल थापा


२१:२१ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले संघीय धर्म निरपेक्ष गणतन्त्र भ्रष्टहरू उत्पादन गर्ने कारखानामा परिणत भएको आरोप लगाएका छन्। अहिलेको व्यवस्थाबाट देशमा शान्ति, स्थायित्व र आर्थिक विकासको सम्भावना नभएको भन्दै थापाले उदास, हतास र निरासालाई चिर्न व्यवस्था परिवर्तन जरुरी भएको बताए । १६३ औं श्रमिक दिवसको अवसरमा आज राप्रपा नेपालमा आबद्ध मजदुर संगठन टुकोनले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सम्पूर्ण राजावादी, हिन्दुवादी एक हुनुपर्ने अहिले समयको माग भएको समेत स्पष्ट पारे ।

वर्षा मौसम सुरु हुनु अगावै हामीले आन्दोलनको वातावरण निर्माण गर्नुपर्ने भन्दै थापाले समान बिचार भएकाहरू सबैले साझा मोर्चा बनाएर अघि बढ्न ढिला गर्नु नहुनेमा जोड दिए। सम्पूर्ण श्रमिकहरूमा बधाई शुभकामना दिँदै थापाले राप्रपा नेपाल सदैव श्रमिकको हक हितको पक्षमा रहेको समेत स्पष्ट पारे । कार्यक्रममा तारानाथ लुइँटेल, तेज कुरुङवाङ्ग, यबती कार्की, हिक्मतजङ्ग भण्डारी, अजेलिया रन्जितकार लगायतले बोलेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७