धवलागिरि चढ्ने आरोही ७१ सय मिटर उचाइको आधार शिविरमा


२१:०७ बजे

म्याग्दी । चालु वसन्त याममा म्याग्दीको धवलागिरि गाउँपालिका–४ स्थित धवलागिरि हिमाल आरोहण गर्ने टोली आधार शिविर पुगेको छ । टोलीका प्रमुख लाक्पा शेर्पाले धवलागिरि हिमालको तेस्रो आधार शिविरमा पुगेसँगै आरोहणका लागि मार्ग बनाउने र रोप फिक्सिङ (डोरी टाग्ने) काम भइरहेको जानकारी दिए । 

‘मसहित छ जना शेर्पाको टोली बाटो बनाउँदै समुन्द्री सतहबाट सात हजार १०० मिटर उचाइमा रहेको तेस्रो आधार शिविर पुगेका छौँ,’ उनले भने, ‘मौसमले साथ दिएमा एक–दुई दिनमा बाटो बनाएर आरोहीलाई चुचुरोमा पुर्‍याउँछौँ ।’

सेभेन समिट ट्रेक र १४ प्रिक्स एक्सीडिसनमार्फत पर्वतारोहीले धवलागिरि चढ्न लागेका हुन्। पर्यटन विभागका अनुसार वसन्तयाममा धवलागिरि आरोहण गर्न दुई समूहका छ महिला र नौ जना पुरुषले अनुमति लिएका छन् । गत शरद याममा एउटा समूहका १४ जना पुरुष पर्वतारोहीले आरोहणको अनुमति लिएकामा रसियाका पाँच जनाको हिउँपहिरोमा पुरिएर ज्यान गएको थियो ।

लाक्पाको नेतृत्वमा तारामान तामाङ, प्रेम दोर्जे शेर्पा, पूर्वकुसाङ गुरुङ, पासाङ नर्वु शेर्पा र पेम्बा चुम्बी शेर्पाको टोली धवलागिरिको तेस्रो आधार शिविर पुगेको छ।  छिनछिनमा परिवर्तन हुने मौसम आरोहणका लागि चुनौती बनेको शेर्पाले बताए । अन्य हिमालको तुलनामा धवलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७