कांग्रेस संसदीय दलको बैठक जारी 


०९:३४ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा भएको बसेको हो । संसदीय दलका नेता शेरबहादुर देउवाले बोलाएको बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटबारे छलफल हुने जनाइएको छ ।

बैठक २ बजे सुरु भएको हो । आइतबारदेखि पुनः संघीय संसदको बैठकहरु सुरू हुँदैछ। आइतबार राष्ट्रिय सभा र सोमबारदेखि प्रतिनिधि सभा बैठक बस्दैछ। संसदको यो अधिवेशनमा बजेटसँगै अन्य थुप्रै विधेयकहरू सरकारले पारित गर्ने तयारी गरेको छ ।

शुक्रबार संसदमा प्रस्तुत नीति तथा कार्यक्रमअनुसार ९ वटा विधेयकहरू सरकारले चालु अधिबेशनबाट पारित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। विद्यालय शिक्षा विधेयक, निजामति कर्मचारी विधेयक लगायतका महत्वपूर्ण विधेयकहरु सरकारका प्राथमिकतामा छन् । त्यसको छलफल र बहसमा संसदमा प्रस्तुत हुने विषयमा सांसदहरूलाई एकताबद्ध गर्नका लागि संसदीय दल बैठक बसेको हो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७