‘धरान स्मार्ट बसपार्क’ कहिलेदेखि आउँछ सञ्चालनमा ?


१३:१६ बजे

सुनसरी । धरान उपमहानगरपालिका–८ मा निर्माणाधीन धरान स्मार्ट बसपार्क अन्तिम चरणमा पुगेको छ । करिब एक बिघा सात कट्ठामा बनिरहेको बसपार्कको हालसम्म ९८ प्रतिशत भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति भएको छ । 

धरान उपमहानगरपालिकाका योजना निर्माण शाखाका इन्जिनियर प्रकाश शर्माका अनुसार संघीय सरकारको ५० प्रतिशत र धरान उपमहानगरपालिकाको ५० प्रतिशत आन्तरिक स्रोतबाट बसपार्क निर्माण थालिएको थियो । ‘बिकोइ गीताञ्जली जेभी दुहबी सुनसरी’ ले २३ करोड १५ लाखमा ठेक्का सम्झौता गरी निर्माण थालेको इन्जिनियर शर्माले बताए ।

हालसम्म बसपार्कको टर्मिनल भवन निर्माण सकिएको छ भने विद्युत् र पानीको लाइन विस्तारका काम सम्पन्न भएका छन् । बसपार्कको बाह्य सडक, मार्बल, फल्स, सिलिङलगायत काम सम्पन्न भइसकेका छन् भने बसपार्क अगाडि केही बाटोको काम भइरहेको धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले बताए ।

इन्जिनियर शर्माका अनुसार भुइँ तलामा करिब तीन सय यात्रु बस्न मिल्ने प्रतिक्षालय, टिकट काउन्टर, एटिएम बुथ, सिसीटिभी र सुरक्षा कक्ष, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्ट, यात्रु ओर्लने तथा चढ्ने २२ अटो रहने छन्। भवनको पहिलो तलामा उपमहानगरको आम्दानी प्रयोजनका लागि पसल राख्न सकिने गरी १८ कोठा छन् । बसपार्कको अधिकांश काम सम्पन्न भइसकेको छ भने फिनिसिङका केही काम धमाधम भइरहेका छन् ।

सम्पूर्ण काम सम्पन्न गरेर आउँदो जेष्ठभित्र भवन हस्तान्तरण गरिने इन्जिनियर शर्माले बताए। धरानमा लामो समयदेखि व्यवस्थित बसपार्क नहुँदा समस्या हुँदै आएको थियो । साँघुरो बसपार्कका कारण यात्रुलाई हुने सास्ती र समस्यालाई ध्यानमा राखेर उपमहानगरपालिकाले अत्याधुनिक भवनसहित स्मार्ट बसपार्क निर्माण थालेको हो । स्मार्ट बसपार्क निमार्णपछि सहज रुपमा यात्रा गर्न सकिने छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७