कारसँग मोटरसाइकल ठोक्किँदा बाबु–छोरीको मृत्यु


१६:१६ बजे

रौतहट । रौतहटमा आज (आइतबार) बिहान कार र मोटरसाइकल आपसमा ठोक्किँदा बाबु–छोरीको ज्यान गएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने रौतहटको चन्द्रपुर नगरपालिका ४ पश्चिम लचकामा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको कार र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकल एक आपसमा ठोक्किएर भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार बाबु–छोरीको ज्यान गएको हो ।  

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले चन्द्रनिगाहपुरबाट निजगढतर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जिल्ला रौतहट गरुडा न.पा.३ गेडही टोल बस्ने अन्दाजी वर्ष ६० का बलिराम सहनि र सोही मोटरसाइकलमा पछाडि सवार छोरी वर्ष ४० की उर्मिला देवी सहनिको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले कार चालक हेटौंडा उपमहानगरपालिका १२ का ४३ वर्षीय कुमार पोख्रेललाई नियन्त्रणमा लिएको इप्रका चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राइले बताए । घटनाबारे अनुसन्धान भइरहेको र मृतकको शव पोस्टमार्टमका लागि सरकारी अस्पतालमा राखिएको डिएसपी राइले बताए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७