‘प्रधानमन्त्री ओलीलाई गाली गर्न पाएँ भनेर खुशी हुनेहरूको भविष्य अन्धकार हुनेछ’


२१:२३ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एवम् प्रथम महिला राधिका शाक्यले प्रधानमन्त्री ओलीलाई गिज्याउने, गाली गर्नेको भविष्य अन्धकार हुने बताएकी छिन् । हिजो (शनिबार) काभ्रेको धुलिखेलमा आफ्नो आत्मकथा ‘करुणा’ को विषयमा आयोजित एक विमर्श कार्यक्रममा बोल्दै उनले केपी ओलीलाई गिज्याएर खुशी हुनेहरूले आफ्नै खुट्टामा बचरो हानिरहेका र आफ्नै भविष्य अन्धकार पारिरहेको टिप्पणी गरेकी हुन् ।

उनले भनिन्, ‘जोजो मान्छेहरूले आज केपी ओलीलाई गिज्याउन पाएँ, केपी ओलीलाई गाली गर्न पाएँ भनेर खुशी भइराख्नु भएको छ, आखिरमा उहाँहरूकै भविष्य अन्धकार हुन्छ र उहाँहरूले आफ्नो खुट्टामा बचरो आफैले हान्दै हुनुहुन्छ भन्ने मेरो विश्लेषण छ । आजको जमानामा सामाजिक सञ्जालले हामीलाई नकारात्मकतातिर डोहोर्‍याइरहेको अवस्था छ । त्यो डोहोर्‍याइको करिब–करिब धेरै भाग त केपी सरलाई गाली गर्नमा नै छ जस्तो लाग्छ । तर, त्यो गाली गरेर हामीलाई त केही पनि हुनेवाला छैन ।’

उनले भनिन्, ‘हामी कति नै बाँच्छौं अब रु हामी भनेको उत्तराद्र्धतिर पुगिसकेका मान्छे हौं । हामीले हिजो पञ्चायतको दमन त सहँदै आएका मान्छे हौं भने अहिले यस्तो खुल्ला वातावरणमा बस्न पाएका छौं । हामीले सहन सक्दैनौं र श्र सक्छौं । तर, जो–जो मान्छेले आज केपी ओलीलाई गिज्याउन र केपी ओलीलाई गाली गर्न पाएँ भनेर खुशी भइराख्नु भएको छ, आखिरमा उहाँहरूकै भविष्य अन्धकार हुन्छ । उहाँहरूले आफ्नै खुट्टामा बचरो आफैले हान्दै हुनुहुन्छ र आफ्नो सन्तान दरसन्तानको भविष्य अन्धकार बनाउँदै हुनुहुन्छ भन्ने मेरो निष्कर्ष छ । हामीलाई त केही हुनेवाला छैन ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७