मिश्र र प्रसाईसहित २५ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित २५ जनालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आज म्याद थपका लागि उनीहरुलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको थियो ।
रवीन्द मिश्रसँगै दुर्गा प्रसाईको पनि पाँच दिन म्याद थपिएको छ । राजसंस्था पुनस्थापनाको संयुक्त जनआन्दोलन समितिले तोकेका जनकमान्डर दुर्गा प्रसाईमाथि पनि यही कसुरमा म्याद थप भएको हो । यसअघि अदालतले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
संगठित अपराध र राज्यद्रोहमा अनुसन्धान भइरहेका मिश्रलाई छैटौं पटक म्याद थप गरिएको हो । यसअघि गत १४ वैशाखमा ७ दिन म्याद थपिएको थियो । अहिले तीनकुने घटनामा ५६ जना प्रहरीको हिरासतमा छन्। जसमध्ये २५ जनामाथि राज्यविरूद्धको कसुरमा र अन्य बाँकीविरूद्ध आपराधिक उपद्रव कसुरमा अनुसन्धान अघि बढाएको छ । प्रहरीले ३३ जनालाई हाजिर जमानीमा राखेको छ ।