प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच के भयो कुराकानी ?


००:२७ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज छलफल भएको छ ।

प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा संक्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल भएको छ । भेटमा प्रधानमन्त्रीका मानव अधिकारसम्बन्धी सल्लाहकार अग्नि खरेल र माओवादी केन्द्रका नेता वर्षमान पुन सहभागी थिए । सिंहदरबारमा संक्रमणकालीन न्यायसम्बन्धी विषयमा छलफल भएको माओवादीका उपमहासचिव वर्षमान पुनले जनाए ।

‘टीआरसीसम्बन्धी पीडित पक्ष र विभिन्न सरोकारवालाहरूले उठाएका, चर्चा भएका विषयहरूमा र त्यसबारेमा भइराखेको प्रक्रियाका बारेमा छलफल भयो’, उनले भने, ‘प्रधानमन्त्री ज्यूले हाल भइराखेका प्रक्रिया, पीडितहरूले उठाएको सरकारका विषयहरूमा छलफल भयो ।’ उनले प्रक्रिया सकारात्मक रहेको जानकारी पाएको बताए । ‘यो प्रक्रिया सकारात्मक रूपमा अघि बढेको पायौँ । कहाँ पुग्यो के भइराखेको छ भन्ने जानकारी गरायौं’, उनले भने ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७