सांसद सिंहको आरोप : लेखा समिति व्यापारीको साथी बन्यो 


२१:१२ बजे

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सार्वजनिक लेखा समितिको ओज खस्किन थालेको बताएका छन्। आज (आइतबार) सार्वजनिक लेखा समितिको बैठकमा सांसद सिंहले विभिन्न ‘अनियमितता’ बारे निष्कर्षमा पुग्न नसक्दा समितिको गरिमा घटिरहेको बताएका हुन् ।

‘डेडिकेटेड र ट्रंकलाइनको छलफल भयो, तर त्यसको कुरा कहाँ पुग्यो ? एनसेलको कुरा कहाँ पुग्यो ? यसरी प्रत्येक दिन हाम्रो ओज कम हुँदैछ । लेखा समितिले भ्रष्टाचार नियन्त्रणभन्दा बढाउने काम भयो । डन्डी र सिमेन्टको भाउको कुरा के भयो ?’, सिंहले प्रश्न गरे ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे सबैलाई थाहा भए पनि समितिले सम्बोधन गर्न नसकेको आरोप लगाए । पछिल्लो समिति ’व्यापारीको साथी’ बनिरहेको उनको आरोप छ। ‘पोखरा विमानस्थलमा भ्रष्टाचार भएको सबैलाई थाहा छ । दलको नेता र सरकार समस्यामा पर्छ भनेर समितिमा पर्न थाल्यो । व्यवस्थामाथि कुरा उठेको भ्रष्टाचारले हो । रेगुलर मिटिङ राखेर यो इस्यू सम्बोधन गर्नुपर्छ । लेखा समिति अहिले व्यापारीहरूको साथी भएको छ’, उनले भने । सांसद सिंहले पोखरा विमानस्थलको छानबिन चाँडो सक्नुपर्नेमा जोड दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७