प्रधानमन्त्री कार्यालयमा थुनिएको विषयमा अख्तियार प्रमुख राईको स्पष्टीकरण– छलफलका लागि बोलाइएको हो

अख्तियार प्रमुख राईले भने– ‘भ्रष्टाचार रोक्ने पहिलो कर्तव्य सरकारको हो’


२०८३ भदौ ४ बिहीबार १८:१३ बजे

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले प्रधानमन्त्री कार्यालयमा आफूहरूलाई बोलाइएको विषयमा स्पष्टीकरण दिएका छन्। बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै राईले राहदानी (पासपोर्ट) खरिद प्रकरणबारे छलफल गर्न प्रधानमन्त्री कार्यालयबाट आफूहरूलाई बोलाइएको बताए।

‘छलफल गर्न बोलाउन सकिन्छ। उहाँले बोलाएपछि हामी गयौँ, छलफल गर्‍यौँ। सुझाव लिन बोलाउन सकिन्छ। त्यो विषयमा के भएको हो, तपाईँहरूले के गरिराख्नुभएको छ भनेर बोलाउन सकिन्छ,’ उनले भने। प्रमुख आयुक्त राईले प्रधानमन्त्री कार्यालयमा छलफल भएलगत्तै अख्तियारले पासपोर्ट प्रकरणमा अनुसन्धान अघि बढाएर मुद्दा दायर गरेको बताए।

अभियोजनपत्र अख्तियारको वेबसाइटमै उपलब्ध रहेको भन्दै मुद्दामा उठाइएका कैफियत त्यसबाट स्पष्ट हुने उनको भनाइ थियो। ‘मुद्दा दर्ता भइसकेको छ। अभियोजन वेबसाइटमै पाइन्छ। अभियोजनमा हामीले त्यो ठीक थियो कि थिएन, कैफियत कति छ भन्ने कुरा अभियोजनपत्रमै स्पष्ट देखिन्छ,’ उनले भने।

राईले भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो जिम्मेवारी सरकारको भएको पनि बताए। सरकारमा रहेका सबैले ऐन, नियम, कानुन र विधिअनुसार काम गर्ने हो भने अख्तियारको आवश्यकता नै नपर्ने उनको भनाइ थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७