विपद् व्यवस्थापनका लागि संसद् सचिवालयका २० अधिकृत प्रधानमन्त्री कार्यालय तानिए
काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विपद् प्रभावितको उद्धार तथा राहत कार्यमा सहजीकरण गर्न संघीय संसद् सचिवालयका २० जना अधिकृतलाई काजमा तानेको छ। प्रधानमन्त्री कार्यालयको आग्रहपछि संसद् सचिवालयले २० जना अधिकृतलाई प्रधानमन्त्री कार्यालयमा पठाएको हो। उनीहरूलाई भदौ १४ गते बिहान ९ बजे प्रधानमन्त्रीको निजी सचिवालयमा उपस्थित हुन भनिएको थियो।
काजमा खटाइएका कर्मचारीलाई अर्को आदेश नभएसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेर काम गर्न भनिएको छ। सभामुख डोलप्रसाद अर्यालकी प्रमुख स्वकीय सचिव मुना कुँवरका अनुसार विपद्को कठिन परिस्थितिमा उद्धार, राहत तथा प्रभावित नागरिकलाई आवश्यक सहयोग पुर्याउने कार्यमा सहजीकरण गर्न कर्मचारी पठाइएको हो।
.gif)

.png)

