हाइड्रोपावरका सुरुङमा सेनाको खोजी जारी, ३३० जनाको उद्धार


२०८३ भदौ १५ सोमबार १५:१३ बजे
तस्बिरः नेपाली सेना

काठमाडौं : रसुवा बाढीपछि प्रभावितको खोज तथा उद्धारलाई नेपाली सेनाले तीव्रता दिएको छ। सेनाका अनुसार सोमबार दिउँसो १ः३० बजेसम्म हेलिकप्टरमार्फत ३३० जनाको उद्धार गरिएको छ। बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको खोजीलाई समेत सेनाले प्राथमिकतामा राखेको छ। 

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा उद्धार टोली करिब १५ मिटर भित्रसम्म पुगेर खोजी तथा उद्धारको काम गरिरहेको सेनाले जनाएको छ। यस्तै, त्रिशूली हाइड्रोपावरको ३ ‘बी’ सुरुङमा विज्ञ फौजसहितको टोलीले खोज तथा उद्धार जारी राखेको छ। रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा पनि संयुक्त टोलीले खोजी गरेको थियो। टोली सुरुङभित्र करिब २५० मिटरसम्म पुगेपनि त्यहाँ मानिस फेला नपरेपछि फर्किएको छ।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका करिब ८ हजार ९ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन्। उनीहरू खोला, डाँडा तथा प्रभावित स्थानीयका घरघरमा पुगेर खोज तथा उद्धार कार्यमा जुटिरहेका छन्। सेनाले स्थल तथा हवाई माध्यमबाट उद्धारसँगै जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको खोजी, प्रभावित क्षेत्रमा राहत तथा स्वास्थ्य सहायता र अन्य आवश्यक उद्धार कार्यलाई समन्वयात्मक रूपमा अघि बढाइरहेको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७