नेपालको बाढीप्रति दुःख व्यक्त गर्दै भारतीय रक्षामन्त्रीले भने, कठिन घडीमा भारत नेपालसँगै छ


२०८३ भदौ १५ सोमबार १५:४२ बजे

काठमाडौं : भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्। सिंह नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरेका हुन्। उनले भारतीय सरकार तथा जनताको तर्फबाट बाढी प्रभावित नेपालीप्रति समवेदना व्यक्त गरेका छन्।

गत भदौ १० गते आएको बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सिंहले विपत्तिबाट नेपाली नागरिकसँगै भारतीय तथा अन्य विदेशी नागरिकसमेत प्रभावित भएको उल्लेख गरेका छन्। सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले मृतकका परिवारप्रति प्रार्थना तथा समवेदना व्यक्त गरेका छन्। साथै, बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

नेपाल र भारतबीचको निकट सम्बन्ध उल्लेख गर्दै सिंहले भारतलाई नेपालको सुख–दुःखको साथीका रूपमा प्रस्तुत गरेका छन्। उनले विपत्तिको यस कठिन समयमा नेपालसँग भारत काँधमा काँध मिलाएर उभिएको बताएका छन्। खोज, उद्धार तथा पुनर्स्थापनाका प्रयासमा नेपाललाई आवश्यक सहयोग गर्न भारत पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि सिंहले बताएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७