भोटेकोशी बाढीको असर भारतसम्म, गण्डक नदीमा भेटिन थाले शव


२०८३ भदौ १५ सोमबार १५:३० बजे

काठमाडौं : रसुवामा पाँच दिनअघि आएको विनाशकारी बाढीको असर भारतसम्म पुगेको छ। बाढीमा बगेर बेपत्ता भएका केही व्यक्तिको शव भारततर्फ गण्डक नदीमा तैरिरहेको अवस्थामा फेला परेको जनाइएको छ। भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवासहित आसपासका जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको थियो।

बाढीको बहावले मानिसहरूलाई बगाएर बेपत्ता बनाएपछि उनीहरूको खोजी कार्य जारी छ। बाढीले बगाएका शव नदीको बहावसँगै दक्षिणतर्फ बग्दै भारतसम्म पुगेका हुन्। भारततर्फका विभिन्न क्षेत्रमा शव फेला पर्न थालेपछि बाढीबाट भएको मानवीय क्षतिको दायरा अझ फराकिलो देखिएको छ। बेपत्ता आफन्तको खोजीमा रहेका परिवारहरू अझै पनि उनीहरू सकुशल भेटिने आशामा छन्। तर नदीमा शव भेटिन थालेसँगै उनीहरूको पीडा थप गहिरिएको छ।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित विभिन्न उद्धार टोलीले खोज तथा उद्धारलाई निरन्तरता दिइरहेका छन्। बेपत्ता व्यक्तिको अवस्था पत्ता लगाउन नदीको बहाव क्षेत्रसम्म खोजीलाई थप विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७