बाढीमा ९०३ को मृत्यु, ४ हजार २४७ बेपत्ता

१० हजार ४५१ जनाको उद्धार


२०८३ भदौ १५ सोमबार ११:४६ बजे

काठमाडौं : चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको संख्या ९०३ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार (भदौ १५) बिहान ९ बजेसम्म ९०३ जनाको शव फेला परेको हो।

बाढीबाट सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। प्राधिकरणका अनुसार रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २०७, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा १५१, तनहुँमा ३७ र चितवनमा २७२ शव फेला परेका छन्। चितवनमा फेला परेका शवमा विभिन्न मानव अंगसमेत समावेश छन्।

बाढीपछि अझै ४ हजार २४७ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुनेमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, विभिन्न जलविद्युत् आयोजनाका कर्मचारी तथा भन्सार कार्यालयका कर्मचारीलगायत छन्।

सम्पर्कविहीनमध्ये ५९२ जना विदेशी नागरिक रहेका छन्। यस्तै, विदेशी पर्यटकसँगै भ्रमणमा गएका १२७ जना नेपाली नागरिकसमेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। बाढी प्रभावित क्षेत्रबाट हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ। बाढीमा परी २६७ जना घाइते भएका छन्। तीमध्ये १६५ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।

उद्धार तथा राहत कार्यका लागि २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। यही भदौ १० गते बिहान आएको बाढीका कारण रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७