हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव अर्याल नियुक्त


२०८३ भदौ १५ सोमबार १२:३४ बजे

काठमाडौं : हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्षमा बैकुण्ठ अर्याल नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। 

यसअघि बैंकको अध्यक्ष रहेका प्रचण्डबहादुर श्रेष्ठले पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा भदौ १४ गतेदेखि लागू हुने गरी स्वीकृत गर्दै बैंकले सोही मितिदेखि लागू हुने गरी अर्याललाई अध्यक्षमा नियुक्त गरेको कम्पनी सचिव विपिन हाडाले जानकारी दिए।

नवनियुक्त अध्यक्ष अर्याल संस्थापक समूहका तर्फबाट नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिनिधिका रूपमा बैंकको सञ्चालक समितिमा रहेका थिए। अर्याल नेपाल सरकारको पूर्वमुख्यसचिव समेत हुन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७