हिमालयन बैंकले ल्यायो ‘डलर प्रिपेड कार्ड’ सुविधा


२०७७ चैत १७ मंगलबार २१:१२ बजे

काठमाडौं, १७ चैत । हिमालयन बैंकले अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि एचविएल ‘डलर प्रीपेड कार्ड’ सुविधा ल्याएकोे छ।

यो सुविधा अन्तर्गत हिमालयन बैंकका खातावालाहरुले प्रति वर्षमा अमेरिकी डलर पाँच सय सम्मको प्रीपेड कार्ड सुविधा पाउन सक्छन्।

साथै खातावालाहरुले भारत बाहेक अन्य देशहरुको ई–कर्मस साइटहरुबाट वर्षमा एक पटक वा पटक–पटक गरी अमेरिकी डलर पाँच सय बराबर सम्मको वस्तु तथा सेवा खरिद गरी अन्लाइन भुक्तानी गर्न सक्नेछन्।

इच्छुक ग्राहकहरुले यस सेवाका लागि आफू नजिकैको शाखा वा मुख्य कार्यालय कमलादीमा रहेको कार्ड विभागमा सम्पर्क गर्न सक्ने बैंकले बताएको छ।

हाल यो बैंकको ७१ शाखा, ४ विस्तारित काउन्टर, १४६ एटिएम र ४२०० भन्दा बढी पिओएस टर्मिनल्स छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७