बहराइनमाथि ७ विकेटको जितसँगै नेपालले गर्‍यो विजयी सुरुआत


२०८३ भदौ १५ सोमबार १२:११ बजे
तस्बिरहरूः क्रिकेट एशोसियसन अफ नेपाल (क्यान) ।

काठमाडौं : नेपालले एसीसी प्रिमियर कपमा विजयी सुरुआत गरेको छ। नेपालले सोमबार बहराइनलाई सात विकेटले पराजित गरेको हो। मलेसियाको यूकेएम यूएसडी ओभलमा बहराइनले दिएको ८८ रनको लक्ष्य नेपालले २१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका लागि अर्जुन कुमालले अविजित ३६, रोहितकुमार पौडेलले अविजित १९, आसिफ शेखले १८ र देव खनालले १० रन बनाए। बहराइनका इमरान जाबेद अन्वरले दुई विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइन ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको थियो। बहराइनका फैज अहमदले १५, मोहम्मद वासिमले १३ र अली दाउदले १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए। १० ओभर बलिङ गरेका उनले चार मेडनसहित १४ रन खर्चिए। ललितनारायण राजवंशीले तीन तथा करण केसीले दुई विकेट लिए। नेपालले अब बिहीबार घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७