विश्वभरका सिटी एक्सप्रेसमार्फत नेपालमा पैसा पठाउँदा सेवा शुल्क नलाग्ने 


२०८३ भदौ १४ आइतबार १८:०४ बजे

काठमाडौं । हालैको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारलाई आर्थिक सहयोग पुर्‍याउने उद्देश्यले सिटी एक्सप्रेसले विदेशबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गरेको छ।

कम्पनीका अनुसार विपद्को कठिन अवस्थामा विदेशमा रहेका नेपालीले आफ्ना परिवार तथा प्रभावित आफन्तलाई सहज, छिटो र पूर्ण रकमसहित आर्थिक सहयोग पठाउन सकून् भन्ने उद्देश्यले यो सुविधा लागू गरिएको हो।

अब यूएई, साउदी अरब, कतार, कुवेत, ओमानलगायत खाडी मुलुकबाट नेपाल पठाइने रेमिट्यान्समा सेवा शुल्क लाग्ने छैन। त्यस्तै जापान, दक्षिण कोरिया, मलेसिया, अस्ट्रेलियालगायत एसिया–प्रशान्त क्षेत्रका मुलुकबाट पनि निःशुल्क रेमिट्यान्स सेवा उपलब्ध हुनेछ।

युरोपतर्फ बेलायत, रोमानिया, पोर्चुगल, माल्टा, डेनमार्क, क्रोएसिया, स्वीडेन, नर्वे, जर्मनी र फ्रान्सबाट नेपाल पैसा पठाउँदा समेत सेवा शुल्क नलाग्ने कम्पनीले जनाएको छ। न्युजिल्यान्डबाट पठाइने रेमिट्यान्समा पनि यो सुविधा लागू हुनेछ।

सिटी एक्सप्रेस तथा यसका विभिन्न अन्तर्राष्ट्रिय च्यानलमार्फत लागू गरिएको उक्त सुविधाले विदेशमा रहेका नेपालीलाई बाढीपहिरो प्रभावित परिवार तथा समुदायलाई आर्थिक सहयोग गर्न सहज हुने अपेक्षा गरिएको छ।

कम्पनीले विपद्को यस कठिन घडीमा विदेशमा रहेका नेपालीलाई आफ्ना परिवार तथा प्रभावित समुदायको सहयोगका लागि उक्त निःशुल्क सेवाको अधिकतम उपयोग गर्न आग्रह गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७