रसुवा र नुवाकोटका लागि टेलिकमले दियो २० थान स्याटेलाइट फोन
तीन महिना निःशुल्क प्रयोग गर्न सकिने
काठमाडौं : रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ। प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)बाट विपद् सहयोग स्वरूप प्राप्त फोन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो।
उपलब्ध फोनमध्ये १० थान रसुवा र १० थान नुवाकोटमा प्रयोग हुने गरी पठाइएको छ। यी स्याटेलाइट फोन आगामी तीन महिनासम्म निःशुल्क प्रयोग गर्न सकिनेछ। मोबाइल नेटवर्क नपुग्ने दुर्गम क्षेत्रमा समेत स्याटेलाइटमार्फत फोन तथा एसएमएस सेवा सञ्चालन गर्न सकिने भएकाले विपद्का बेला यसको प्रयोग प्रभावकारी हुने अपेक्षा गरिएको छ।
सञ्चार सम्पर्क विच्छेद भएका क्षेत्रमा स्याटलाइट फोनबाट सूचना आदानप्रदान सहज हुँदा उद्धार, राहत तथा विपद् व्यवस्थापनका काममा सहयोग पुग्ने विश्वास गरिएको छ।
.gif)

.png)

