बाढीपहिरोको माटोमा पुरिएको लकर भेटियो
काठमाडौं : धादिङको गल्छी गाउँपालिका–६ बैरेनीस्थित पृथ्वी राजमार्गमा माटोले पुरिएको अवस्थामा पैसा राख्ने लकर फेला परेको छ। शनिबार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अपार प्याकुरेलको कमान्डमा खटिएको नौ जनाको टोलीले लकर फेला पारेको हो।
आदमघाटस्थित बेसबाट करिब ६ किलोमिटर पूर्वतर्फ फेला परेको लकर स्थानीय जनप्रतिनिधि तथा भद्र भलाद्मीको उपस्थितिमा आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
.gif)

.png)

