बाढीले बगायो धादिङबेसी–फुर्केखोला जोड्ने पक्की पुल, तल्लो तटीय क्षेत्रमा जोखिम


२०८३ भदौ १० बुधबार १३:४६ बजे

काठमाडौं : रसुवामा आएको भीषण बाढीको प्रभाव धादिङसम्म पुगेको छ। बाढीको तीव्र बहावले धादिङबेसी–फुर्केखोला (मलेखु) जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल बगाएको छ। बुधबार अपराह्न रसुवाबाट आएको बाढीको बहाव फुर्केखोला क्षेत्रमा पुगेपछि त्रिशूली नदीको जलस्तर र बहाव तीव्र बनेको थियो। त्यसक्रममा फुर्केखोलास्थित पुल बाढीले बगाएको हो।

रसुवाबाट आएको बाढी त्रिशूली नदी हुँदै तल्लो तटीय क्षेत्रतर्फ अघि बढिरहेकाले जोखिम थप बढेको छ। नदी आसपासका बस्तीमा बाढी पस्ने तथा थप भौतिक संरचनामा क्षति पुग्न सक्ने सम्भावना देखिएको छ। बाढीको प्रभाव गल्छीस्थित बैरेनी क्षेत्रमा समेत देखिन थालेको छ। त्रिशूली नदी आसपासका बस्ती तथा संरचनामा जोखिम बढेपछि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

रसुवाको माथिल्लो क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याएपछि त्यसको बहाव क्रमशः तल्लो तटीय क्षेत्रतर्फ फैलिएको हो। नदी किनारका बस्तीमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासन तथा सुरक्षा निकायहरूलाई उच्च सतर्कतामा राखिएको छ। बाढीबाट पुल बगेपछि धादिङबेसी–फुर्केखोला आवागमनसमेत प्रभावित भएको छ। थप क्षतिको विवरण भने संकलन भइरहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७