रसुवा बाढीपछि सरकारको उच्चस्तरीय सक्रियता, प्रधानमन्त्रीले बोलाए राष्ट्रिय परिषद्को बैठक


२०८३ भदौ १० बुधबार ११:०७ बजे

काठमाडौं : रसुवामा आएको ठूलो बाढीपछि उद्धार तथा राहत व्यवस्थापनका लागि सरकार उच्चस्तरीय छलफलमा जुटेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बाढीको अवस्थाबारे आवश्यक निर्णय लिन बुधबार बिहान ११ बजे विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा सम्भावित जोखिम न्यूनीकरणका विषयमा आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ। यता, गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा गृह मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक जारी छ।

प्रधानमन्त्रीको निर्देशनपछि मेडिकल टोलीसहित नेपाली सेनाका दुई हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइएको छ। निजी हेलिकप्टर कम्पनीहरूलाई पनि खोज तथा उद्धारका लागि तयारी अवस्थामा राखिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७