रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोटका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहको आग्रह
काठमाडौं : रसुवामा भोटेकोशी नदीमा ठूलो बाढी आएपछि गृह मन्त्रालयले पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको हो।
गृह मन्त्रालयका अनुसार रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोटका नदी तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
मन्त्रालयले खोज तथा उद्धार आवश्यक परेमा वा कुनै प्रकारको सहायता आवश्यक देखिएमा टोल फ्री नम्बर १२३४ मा तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडकखण्ड तथा मुग्लिङ–नारायणगढ सडकमा यात्रा नगर्न र नगराउन गृह मन्त्रालयले आग्रह गरेको छ।
गृहमन्त्री सुधन गुरुङले ती सडकखण्डमा आवतजावतमा पूर्ण रोक लगाउनसमेत आग्रह गरेका छन्। भोटेकोशी र त्रिशूली नदीको जलसतह तथा बाढीको अवस्था अझै जोखिमपूर्ण हुन सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र आधिकारिक सूचनाको पालना गर्न मन्त्रालयले आग्रह गरेको छ।
.gif)

.png)

