रसुवामा ईभी जाँचपास प्रकरण : रसुवागढीका प्रमुखसहित ९ कर्मचारी जिम्मेवारीमुक्त
प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारी मुक्त
काठमाडौं : बजेट घोषणाको पूर्वसन्ध्यामा प्रक्रिया मिचेर विद्युतीय सवारी साधनको भन्सार जाँचपास गरेको आरोपमा रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईसहित ९ जना कर्मचारी जिम्मेवारीमुक्त भएका छन्।
अर्थ मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रारम्भिक प्रतिवेदन र सिफारिसका आधारमा गत जेठ २० गते नै उनीहरूलाई जिम्मेवारीबाट हटाई थप अनुसन्धानका लागि भन्सार विभाग (काठमाडौँ) तानिएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले जनाएको छ।
रसुवागढी नाकामा भन्सार बिन्दुमै भौतिक रूपमा नआइपुगेका सवारी साधनको समेत कागजी रूपमा जाँचपास गरिएको पाइएपछि मन्त्रालयले यो कडा कदम चालेको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका स्वकीय उपसचिव एवं जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले यसको पुष्टि गरेका छन्। रसुवागढी नाकामा भन्सार बिन्दुमै नआइपुगेका सवारी साधनको समेत कागजी रूपमा जाँचपास गरिएको पाइएपछि मन्त्रालयले यो कडा कदम चालेको हो।
.gif)

.png)

