केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनु नै एमाले पराजयको कारण : निर्वाचन कार्यदल

कार्यदलले उठायो पार्टी नेतृत्वमाथि प्रश्न


२०८३ भदौ ९ मंगलबार १८:५० बजे

काठमाडौं : नेकपा एमालेको चुनावी पराजयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्नु पनि प्रमुख कारण बनेको कार्यदलको प्रतिवेदनले औँल्याएको छ। प्रतिवेदनअनुसार भदौ २३ र २४ गतेको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओलीलाई पुनः प्रधानमन्त्रीको उम्मेदवार बनाइएपछि निर्वाचन एमालेका नीति तथा कार्यक्रमभन्दा बढी ओलीको नेतृत्व र उनको विगतको सरकारको मूल्यांकन गर्ने चुनावमा परिणत भएको थियो।

आन्दोलनका क्रममा सरकारमाथि उठेका प्रश्न र जनतामा बढेको असन्तुष्टिलाई सम्बोधन गर्न नसकेको अवस्थामा ओलीलाई नै प्रधानमन्त्रीको उम्मेदवार बनाउनु पार्टीका लागि प्रतिकूल बनेको कार्यदलको निष्कर्ष छ। प्रतिवेदनमा निर्वाचनको मुख्य बहस पार्टीका एजेन्डाभन्दा ‘भदौ २३–२४ को घटना’ र ‘प्रधानमन्त्री को बन्ने?’ भन्ने विषयमा केन्द्रित भएको उल्लेख छ। त्यसले एमालेको चुनावी परिणाममा प्रत्यक्ष असर पारेको कार्यदलले विश्लेषण गरेको छ।

कार्यदलले एमालेको पराजयलाई बाह्य परिस्थितिको मात्रै परिणाम मानेको छैन। नेतृत्वको कार्यशैली, सरकार सञ्चालन, संगठनभित्रको कमजोरी र जनतासँगको सम्बन्धमा देखिएका समस्यालाई पनि हारका महत्वपूर्ण कारणका रूपमा औँल्याइएको छ। यसैबीच, प्रतिवेदनमा विगतको चुनावी पराजयपछि तत्कालीन एमाले महासचिव माधवकुमार नेपालले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको नजिरसमेत उल्लेख गरिएको छ। पछिल्लो पराजयपछि नेतृत्वले पनि नैतिक जिम्मेवारी लिनुपर्ने बहसलाई प्रतिवेदनले अघि सारेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७