तिब्बतबाट आएको बाढीले रसुवा–नुवाकोटका १३ जलविद्युत् आयोजना क्षतिग्रस्त
काठमाडौं : तिब्बतबाट अकस्मात आएको भीषण बाढीले रसुवा र नुवाकोटका १३ वटा जलविद्युत् आयोजना क्षतिग्रस्त भएका छन्। बाढीको प्रभाव सञ्चालनमा रहेका आयोजनादेखि निर्माणाधीन आयोजनासम्म परेको छ। प्रारम्भिक विवरणअनुसार बाढीबाट प्रभावित १३ आयोजनामध्ये पाँच वटा निर्माणाधीन छन् भने आठ वटा सञ्चालनमा रहेका आयोजना हुन्। सञ्चालनमा रहेका आयोजनाहरूको कुल उत्पादन क्षमता ३५९ मेगावाट रहेको छ।
त्यसैगरी निर्माणाधीन पाँच आयोजनाको कुल क्षमता ३९४ मेगावाट रहेको छ। यससँगै बाढीबाट क्षतिग्रस्त तथा प्रभावित आयोजनाको कुल क्षमता ७५३ मेगावाट पुग्छ। बाढीले जलविद्युत् आयोजनाका महत्वपूर्ण संरचनामा क्षति पुर्याएपछि विद्युत् उत्पादन तथा निर्माणको काम प्रभावित भएको छ। आयोजनाको बाँध, पावरहाउस, प्रसारण तथा अन्य पूर्वाधारमा भएको क्षतिको विस्तृत विवरण भने अझै संकलन भइरहेको छ।
रसुवा र नुवाकोट जलविद्युत् उत्पादनका दृष्टिले महत्वपूर्ण क्षेत्र मानिन्छन्। एकैपटक ठूलो संख्यामा आयोजना प्रभावित भएपछि बाढीले तत्कालीन विद्युत् उत्पादनसँगै निर्माणाधीन आयोजनाको समयतालिका र लगानीमा समेत असर पार्ने देखिएको छ। सम्बन्धित निकायले प्रभावित आयोजनाको स्थलगत निरीक्षण तथा क्षतिको मूल्यांकन गरेपछि पुनःनिर्माण र सञ्चालनका लागि आवश्यक कदम अघि बढाउने तयारी गरेको छ।
हेर्नूहोस् जलविद्युत् आयोजनाको विवरणः

.gif)

.png)

