रसुवाको बाढीमा फसेका १२ जनाको सेनाले गर्‍यो हेलिकप्टरबाट उद्धार


२०८३ भदौ १० बुधबार १३:०८ बजे
रसुवा बाढीमा फसेकाहरूको उद्दार गर्दै नेपाली सेना ।

काठमाडौं : रसुवामा आएको भीषण बाढीपछि विभिन्न स्थानमा फसेका १२ जनाको नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको छ। नेपाली सेनाका अनुसार बाढीका कारण जोखिममा परेका १२ जनालाई रसुवाका विभिन्न स्थानबाट हेलिकप्टरमार्फत सुरक्षित क्षेत्रमा ल्याइएको हो। बाढीका कारण सडक तथा स्थलमार्गबाट आवतजावत कठिन बनेपछि हवाई उद्धारलाई प्राथमिकता दिइएको छ।

उद्धार कार्यलाई थप तीव्र बनाउन नेपाली सेनाका चारवटा र निजी कम्पनीका आठवटा गरी १२ वटा हेलिकप्टर परिचालन गरिएको सेनाले जनाएको छ। जोखिममा रहेका नागरिकको खोजी तथा उद्धारका लागि प्रभावित क्षेत्रमा हेलिकप्टर परिचालन भइरहेको छ। उद्धारसँगै बाढी प्रभावितको स्वास्थ्य उपचारलाई समेत प्राथमिकतामा राखिएको छ। नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा सुरु गरेको जनाएको छ।

बाढीका कारण प्रभावित क्षेत्रमा थप नागरिक जोखिममा रहेको वा उद्धार आवश्यक पर्ने अवस्था देखिए थप हेलिकप्टर तथा जनशक्ति परिचालन गरिने सेनाले जनाएको छ। प्रभावितको उद्धारसँगै राहत तथा स्वास्थ्य सेवा विस्तार गर्ने तयारीसमेत भइरहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७