भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार
काठमाडौं : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकामध्ये ७५२ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार दिउँसो १ बजे सार्वजनिक गरेको बुलेटिनअनुसार बाढी प्रभावित विभिन्न जिल्लामा ती शव फेला परेका हुन्।
प्राधिकरणका अनुसार चितवनमा सबैभन्दा धेरै २५९, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको छ। बाढीपछि हालसम्म ८ हजार ७३० जनाको उद्धार गरिएको छ। अझै २ हजार ५०२ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। बेपत्ताको खोजी तथा उद्धार कार्य विभिन्न प्रभावित क्षेत्रमा जारी रहेको छ।
.gif)

.png)

