बाढी गएको चार दिन पछि टिमुरेमा पुग्यो चाउचाउ
रसुवागढी पुग्यो सहसचिव नेतृत्वको सरकारी टोली
काठमाडौं : रसुवामा विनाशकारी बाढी आएको चार दिनपछि गृह मन्त्रालयले टिमुरे–रसुवागढी क्षेत्रको अवस्था सामान्य बनाउन सहसचिवको नेतृत्वमा छुट्टै टोली परिचालन गरेको छ। गृह मन्त्रालयका सहसचिव बासुदेव घिमिरेको नेतृत्वमा खटिएको टोलीले जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायसँग समन्वय गरी उद्धार, राहत र प्रभावित क्षेत्रको व्यवस्थापनमा सहजीकरण गर्नेछ।
बुधबारको बाढीबाट टिमुरे, स्याफ्रुबेँसी, बेत्रावतीलगायत क्षेत्रमा ठूलो क्षति भए पनि प्रभावकारी उद्धार तथा राहत नपुगेको गुनासो आएपछि मन्त्रालयले छुट्टै टोली पठाएको हो।शनिबार हेलिकप्टरबाट राहतका सामानस्वरुप सरकारले चाउचाउ लगायतका राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याएको थियो।
मन्त्रालयका अनुसार घिमिरेले यसअघि उपसचिवका रूपमा रसुवाको प्रमुख जिल्ला अधिकारी (सीडीओ)को जिम्मेवारीसमेत सम्हालिसकेका छन्। बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा सरकारी निकायबीचको समन्वयलाई प्रभावकारी बनाउन टोलीले काम गर्ने मन्त्रालयले जनाएको छ।
.gif)

.png)

