नारायणी किनारमा २५९ शव, नौ जनाको मात्रै खुल्यो पहिचान (नामावली)


२०८३ भदौ १४ आइतबार १३:५२ बजे

काठमाडौं : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेका २५९ जनाको शव चितवनमा फेला परेको छ। सुरक्षाकर्मीले नारायणी नदीको किनारबाट ती शव सङ्कलन गरेका हुन्। बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्र धमलाका अनुसार हालसम्म ९ वटा शवको मात्रै सनाखत भएको छ। सनाखत भएका मध्ये दुई जना प्रहरी सहायक निरीक्षक (असई) समेत छन्। 

सनाखत हुनेमा नुवाकोटका प्रहरी सहायक निरीक्षक रामकाजी पौडेल, रामेछाप मन्थलीका असई रामहरि खड्का, बाँके कोहलपुरका कविलाल चौधरी र रमेश थारु, रसुवाका भुवन थापा मगर, मकवानपुर हेटौँडाका रमेश मगर, नुवाकोटका अर्जुन बलामी र तेरिना गुरुङ तथा सिन्धुपाल्चोक भोटेकोशीका पेमा सिंह शेर्पा रहेका छन्। प्रहरीका अनुसार ती शव परिवार तथा आफन्तले पहिचान गरेका हुन्।

चितवनमा फेला परेका शवमध्ये ९६ वटा शव व्यवस्थापन गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्र भूषण यादवका अनुसार पहिचान हुन नसकेका शव देवघाट धामको बिच जङ्गल क्षेत्रमा गाडेर सुरक्षित राखिएको छ। बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा फेला परेका शवको पहिचान गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७