बाढी प्रभावित यात्रु सवार बस दुर्घटनामा, पाँच जनाको उपचार जारी
काठमाडौं : रसुवाको भोटेकोशी बाढीबाट उद्धार गरिएका प्रभावितलाई घर फर्काउँदै गरेको यात्रुवाहक बस नवलपरासी पूर्वको डण्डामा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। कावासोती नगरपालिका–१६ डण्डामा बर्दियातर्फ जाँदै गरेको लु प्र ०१/००१ ख ०३८६ नम्बरको बस दुर्घटनामा परेको हो। बसमा ३८ जना सवार थिए।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डीएसपी अनिल पण्डितका अनुसार घाइतेमध्ये २७ जना उपचारपछि घर फर्किसकेका छन् भने पाँच जनाको उपचार भइरहेको छ। मध्यबिन्दु प्रादेशिक अस्पतालमा बर्दियाका नरेश थारू, अछामका विनोद नेपाली, बाँकेका श्यामु विक र रुकुम पूर्वकी ममता परियारको उपचार भइरहेको छ।
सुर्खेतकी रिता गन्धर्वको भने चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रसुवाबाट उद्धार गरी काठमाडौं ल्याइएका बाढी प्रभावितलाई लिएर बस बर्दियातर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो।
.gif)

.png)

