प्रधानमन्त्री बालेन र रविबीच भेट, बाढीको खोज–उद्धार बारेमा छलफल
काठमाडौं : प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ। भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार अभियान, राहत वितरण र प्रभावित नागरिकको व्यवस्थापनबारे छलफल भएको छ।
प्रधानमन्त्री शाह र लामिछानेबीच विपद्का कारण प्रभावित नागरिकको उद्धार तथा राहतसँगै क्षतिग्रस्त पूर्वाधारको पुनःस्थापना र पुनर्निर्माणका विषयमा समेत कुराकानी भएको जनाइएको छ। सो अवसरमा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा नागरिकको जीवनरक्षा, राहत सामग्रीको सहज आपूर्ति तथा पुनःस्थापनाका लागि राज्यका संयन्त्रहरूलाई पूर्ण क्षमतामा परिचालन गरिएको जानकारी गराएका थिए।
भेटमा विपद्पछि उत्पन्न अवस्थालाई प्रभावकारी रूपमा सम्बोधन गर्न सरकारका आगामी कदम र आवश्यक समन्वयका विषयमा समेत छलफल भएको बताइएको छ।
.gif)

.png)

