सुरुङको मुख खोल्न त्रिशूली–३ ‘ए’ मा ब्लास्टिङ, पानी भरिएकाले प्रवेश असम्भव
काठमाडौं : भोटेकोशी बाढीका कारण क्षतिग्रस्त माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङको मुख खोल्न बिहान ३ बजे ब्लास्टिङ गरिएको छ। बाढीपछि सुरुङको प्रवेशद्वार थुनिएपछि भित्र फसेका मानिससम्म पुग्न बाटो खोल्ने उद्देश्यले ब्लास्टिङ गरिएको हो।
सुरुङको मुखमा रहेको करिब ४० सेन्टिमिटर मोटाइको ढलान फोर्न ब्लास्टिङ गर्नुपरेको जनाइएको छ। तर सुरुङको भित्री भाग पूरै पानीले भरिएकाले तत्काल त्यसभित्र प्रवेश गर्न सक्ने अवस्था नरहेको सांसद श्रीराम न्यौपानेले जानकारी दिएका छन्।
.png)
उनका अनुसार राति करिब ३ बजे ब्लास्टिङ गरिए पनि पानीको अवस्थाका कारण सुरुङभित्र प्रवेश गर्ने सम्भावना तत्काल देखिएको छैन। यद्यपि सुरुङको मुख खोल्ने काम भने जारी रहेको उनले बताएका छन्।
भोटेकोशी बाढीपछि आयोजनास्थलमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र प्राविधिक टोली परिचालन गरिएको छ। कठिन भौगोलिक अवस्था र सुरुङभित्र पानी भरिएका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।
.png)
.png)
.gif)

.png)

