संसद् सचिवालयका २१ कर्मचारीलाई कोरोना संक्रमण


२०७८ माघ १६ आइतबार १५:५० बजे

काठमाडौं । संघीय संसद् सचिवालयका २१ जना कर्मचारीहरुलाई कोरोना संक्रमण भएको छ । १७६ जना कर्मचारीको एन्टिजेन परीक्षण गर्दा २१ जनामा कोभिड पोजिटिभ देखिएको हो ।

१६ जना सांसदको एन्टिजेन परीक्षण गर्दा ५ जनामा पोजिटिभ देखिएको सचिवालयले जनाएको छ । यस्तै,राष्ट्रिय सभाका ८ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा पोजेटिभ देखिएको सचिवालयले जनाएको छ । अहिले बानेश्वरस्थित संघीय संसद् भवनमा एन्टिजेन परीक्षण भइरहेको छ ।

राष्ट्रिय सभाको बैठक बस्नुअघि स्वास्थ्य परीक्षण गरिएको थियो । सोमबार दिउँसो १ बजे बस्ने भनिएको राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यस्तै, आइतबार दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक शनिबार सूचना निकाल्दै सचिवालयले माघ २६ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७