सुदन किराती समूहलाई श्रम संस्कृतिले भोलीको बैठकमा औपचारिक स्वागत गर्ने


२०८३ भदौ १६ मंगलबार १९:०१ बजे

सुनसरी : श्रम संस्कृति पार्टीले पूर्वमन्त्री सुदन किराती नेतृत्वको समूहलाई भोलि औपचारिक रूपमा पार्टीमा स्वागत गर्ने निर्णय गरेको छ। अध्यक्ष हर्क साम्पाङको नेतृत्वमा मंगलबार बसेको पार्टी बैठकले किराती समूहलाई औपचारिक स्वागत गर्ने निर्णय गर्दै त्यससम्बन्धी पत्र समूहलाई पठाएको हो।

किराती निकट एक नेताका अनुसार भोलिको कार्यक्रममा सहभागी हुन औपचारिक निम्तोसमेत प्राप्त भएको छ। ‘भोलिका लागि बैठकमा बोलाउनुभएको छ। अबिर लगाएर पार्टीमा स्वागत गर्ने तयारी रहेछ। तर एकता भएको त चार महिना भइसक्यो,’ ती नेताले भने। यसअघि मंगलबार धरानमा बसेको किराती समूहको रणनीतिक बैठकले भने देश संकट र शोकमा रहेका बेला सबै जिम्मेवार भएर एकढिक्का हुनुपर्ने निष्कर्ष निकालेको थियो। पार्टीबाट औपचारिक निम्तो आएपछि किरातीले आफ्नो समूहलाई संस्थाभन्दा व्यक्ति माथि हुन नहुने भन्दै भोलिको बैठकमा सबै सहभागी हुन निर्देशन दिएको ती नेताले बताए।

चार महिनाअघि किरातीलाई वरिष्ठ नेता बनाउने गरी उनको समूह श्रम संस्कृति पार्टीमा समाहित भएको थियो। एकतापछि किराती समूहबाट एक उपाध्यक्ष, एक सचिव र १५ केन्द्रीय सदस्यसहित १८ जना पार्टीमा समावेश भएका थिए। एकताअघि २३ सदस्यीय रहेको पार्टीको केन्द्रीय समिति एकतापछि ४१ सदस्यीय बनेको थियो। तर, मंगलबारको केन्द्रीय कमिटी बैठकमा किराती समूहलाई सहभागी नगराइएपछि पार्टीभित्र असन्तुष्टि देखिएको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७