रास्वपाको विकल्प श्रम संस्कृति पार्टी बनिसक्यो : सांसद ध्रुवराज राई
काठमाडौं : श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछिको बलियो वैकल्पिक राजनीतिक शक्तिका रूपमा जनताले हेर्न थालेको दाबी गरेका छन् । आइतबार बागमती प्रदेश कमिटीले आयोजना गरेको बृहत् पार्टी प्रवेश तथा हातेमालो कार्यक्रममा बोल्दै राईले श्रम संस्कृति पार्टीप्रति जनताको आकर्षण बढ्दै गएको बताएका हुन् ।
‘अहिले त श्रम संस्कृति पार्टी भनेको रास्वपाको विकल्प हो भनेर सम्पूर्ण राजनीतिक विश्लेषक, जनता र राजनीतिक दलहरूले पनि स्विकारिरहेका छन्,’ उनले भने । तर, पार्टीलाई विकल्पका रूपमा स्वीकार गर्न थालिएको भन्दै मात्र सन्तुष्ट भएर बस्न नहुने राईको भनाइ थियो । उनले संगठन विस्तारलाई प्राथमिकता दिँदै टोल–टोलसम्म पुगेर पार्टी निर्माण गर्नुपर्नेमा जोड दिए ।
देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता बढ्दै गएको बताउँदै उनले पछिल्लो समय विभिन्न क्षेत्रबाट श्रम संस्कृति पार्टीमा प्रवेश गर्नेहरूको संख्या बढिरहेको दाबी गरे । राईले पुराना राजनीतिक दलप्रति बढ्दो जनअसन्तुष्टिलाई नयाँ राजनीतिक शक्तिले सम्बोधन गर्नुपर्ने बताए । देशको समृद्धि, सुशासन र परिवर्तनका लागि नयाँ दलहरूले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनको धारणा थियो ।
.gif)

.png)

